रंगेली । प्याब्सन मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् । १६ औं जिल्ला अधिवेशनमा निकटतम प्रतिद्धन्द्धी सुरेन्द्र सुवेदीलाई १७ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित भएका हुन। मतपरिणाम अनुसार वस्नेतले १०७ मत ल्याउँदा सुवेदीले ९३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी प्याब्सन मोरङको बरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी,उपाध्यक्षमा विष्णु डंगोल, सचिवमा देवी सिटौलाले निर्वाचित भएका छन् । कोषाध्यक्षमा मणिराज भट्टराई र नगेन्द्र प्रसाद ढकालले बराबर १०१ १०१ मत ल्याएपछि गोलाप्रथाबाट भट्टराई निर्वाचित भएका छन् । सहसचिवमा दिपेन्द्र राईले १०९, सहकोषाध्यक्षमा केदार पौडेलले १२२ मत ल्याएर निर्वाचित भएका छन् ।
जिल्ला सदस्यहरुमा महेन्द्र मण्डल, नरेन्द्र मण्डल , तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित भएका छन्। निर्वाचनमा बस्नेत र सुबेदीले प्यानल बनाएरै प्रतिष्पर्धा गरेका थिए ।