विराटनगर । नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मोरङको संयोजकमा विरेन्द्र घिमिरे चयन भएका छन् ।
अनेरास्ववियुको दोस्रो स्थायी कमिटी बैठकले घिमिरेलाई मोरङ जिल्ला कमिटीको संयोजकको जिम्मेवारी दिएको हो ।
घिमिरे यसअघि सोही कमिटीको सचिवको जिम्मेवारीमा थिए । जिल्ला कमिटी अध्यक्ष तुलसी घिमिरे परिवारका सदस्यको उपचारमा क्रममा देश बाहिर रहेकाले घिमिरेलाई अधिवेशन आयोजक कमटी संयोजकको जिम्मेवारी दिइएको छ ।