रंगेली । रंगेलीको वडा नम्बर २ र ९ मा खानेपानी पाइपलाइन विस्तार हुने भएको छ । सो वडामा खानेपानीको ओभरहेड ट्यांकी निर्माण तथा पाइपलाइन विस्तारका लागि ठेक्का प्रकृया अघि बढेको हो।
शुक्रबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले ठेक्काको लागि बोलपत्र आब्हान गरेसँगै सो योजना निर्माणको प्रकृया अघि बढेको हो । ७ करोड ८२ लाख बजेट रहेको उक्त आयोजना सम्पन्न हुँदा अन्तर्गत खानेपानीको ओभरहेड ट्यांकी निर्माण, पाइपलाइन, विजुलीसहित घर–घरमा खानेपानी सेवा विस्तार हुने जनाइएको छ ।
रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले उक्त योजना सम्पन्न भएपछि वडा नम्बर २ र ९ मा खानेपानी सेवा सवै घरमा पुग्ने जानकारी दिए । मेयर बगडीया र जनप्रतिनिधहरुले सो योजना ल्याउन विशेष पहल गरेका थिए । मेयर बगडीयासहित यो उपलब्धिलाई ऐतिहासिक सफलता भएको बताउँदै योजनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । मेयर बगडीयाका अनुसार बहुवर्षिय योजना अन्तर्गत सो योजनाको ठेक्का लाग्नेछ ।
खानेपानी योजना अन्तर्गतनै हाल रंगेलीको वडा नम्बर १, ३ र ८ नम्बर वडामा ओभरहेड ट्यांकी निर्माण, र बोरिङको काम सम्पन्न भएको छ । पाइपलाइन विस्तार र बिजुलीको काम निर्माणाधिन अवस्थामा रहेको छ ।
त्यस्तै ५ नम्बर वडामा ओभरहेड ट्यांकी र कार्यालय निर्माणाधिन अवस्थामा रहेको रंगेली खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सचिव राम चिमोरियाले जानकारी दिए ।