प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : प्रदेश स्तरीय कबड्डीको उपाधि मोरङलाई

पूर्वीटाईम्स संवाददाता
बुधबार १४ फाल्गुण, २०८१
२ महिना अघि

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा जारी प्रथम कोशी प्रदेश खेलकुद महोत्सव- २०८१ को दोस्रो दिन प्रदेशस्तरीय पुरुष कबड्डी प्रतियोगिताको उपाधि मोरङ जिल्ला टोलीले हात पारेको छ । आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा झापा जिल्ला टोलीलाई पराजित गर्दै मोरङले उपाधि हात पारेको हो । 

मोरङले झापाको २० अंक विरुद्ध ३१ अंक हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो। कोशी प्रदेशका १३ टिमको सहभागिता रहेको प्रतियोगितामा मोरङले उपाधि सँगै ट्रफी , मेडल र १ लाख नगद पुरस्कार प्राप्त गरेको छ भने झापाले उपविजेताको ट्रफी , मेडल र ५० हजार नगद पुरस्कारमा चित्त बुझाएको छ। 

प्रदेशस्तरीय महिला फुटबलमा झापा , मोरङ , सुनसरी र धनकुटा विजयी

 

प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा झापा , मोरङ ,सुनसरी र धनकुटाको जिल्ला टोली विजयी भएको छ। आज दिल्ली पब्लिक स्कूलको मैदानमा सम्पन्न प्रथम खेलमा तेह्रथुम जिल्ला टोलीलाई ० विरुद्ध ६ गोल गर्दै झापा विजयी भएको हो। 

 

झापाको जितमा जेनिफर मगरले २ , सिम्रन राई , मंजिला योङ्गहाङ्ग , रेणु लिम्बू र खुस्मा राईले एक-एक गोल गर्नु भएको थियो। 

 

त्यस्तै , आजको दोस्रो खेलमा खोटाङलाई ० विरुद्ध १ गोल गर्दै मोरङ विजयी भएको थियो। मोरङको लागि रेसना राईले खेलको १५ औं मिनेटमा निर्णायक गोल गर्नु भएको थियो। 

 

आजको तेस्रो खेलमा सुनसरीले सोलुखुम्बुलाई ३ – ० गोलले पराजित गर्दै खेल आफ्नो पक्षमा पारेको थियो। सुनसरीको लागि जुनु लिम्बूले २ र सुमित्रा राईले १ गोल गर्नु भएको थियो। 

 

चौथो खेलमा ओखलढुङ्गा विरुद्ध अन्तिम समयमा गोल गर्दै धनकुटाले खेल आफ्नो पक्षमा पारेको थियो। धनकुटाका लागि खेलको अन्तिम समयमा ‘ वुमन अफ द म्याच ‘ अनिशा राईले गोल गर्दै धनकुटालाई विजयी बनाउनु भएको थियो। 

 

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले फागुन १३ देखि १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा हालसम्म एथलेटिक्सका स्पर्धाहरु , डोरीतान र पुरुष कबड्डी प्रतियोगिता सम्पन्न भैसकेको जानकारी दिनुभयो। 

 

महोत्सवमा प्रदेशस्तरीय महिला फुटबल , महिला तथा पुरुष दौड , पुरुष कब्बड्डी , भेट्रान बाघचाल , महिला तथा पुरुष टेबलटेनिस , महिला तथा पुरुष बुद्धिचाल , महिला तथा पुरुष कराते , महिला तथा पुरुष तेक्वान्दो र पुरुष सफ्टटेनिस र डोरीतान लगायतको खेलकुद प्रतियो

गिता समावेश छन्। 

 

 

सम्बन्धित खवर

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२५ minutes अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

रातिको समयमा रंगेली नगरपालिका–८ दर्बैसा नहरटोलमा भीषण आगलागी, दुई परिवारको घर पूर्ण रूपमा नष्ट

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net