खेलकुद क्षेत्रमा अराजकता मच्याउनेले महोत्सवमा विवाद सिर्जना गर्न खोजे : सदस्य सचिव बस्नेत

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १६ फाल्गुण, २०८१
२ महिना अघि

 विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले खेलकुद क्षेत्रमा अराजकता मच्याउन खोज्नेले प्रथम कोशी खेलकुद महोत्सव – २०८१ मा विवाद सिर्जना गर्न खोजेको बताउनु भएको छ। आज विराटनगर स्थित दिल्ली पब्लिक स्कूलको मैदानमा कोशो प्रदेशस्तरीय कराते प्रतियोगिताको उद्घाटन गर्दै सदस्य सचिव बस्नेतले खेलकुद क्षेत्रमा दादागिरी गर्ने , अराजकता मच्याउनेले खराब अभिप्रायले महोत्सवलाई विवादमा पार्न खोजेको बताउनु भएको हो। 

 

बस्नेतले नेपाल कराते महासंघको विधानले प्रदेशस्तरको कमिटीलाई मात्रै मान्यता दिएको बताउँदै विधानमा हुँदै नभएको जिल्ला कमिटीले आफ्नो अस्तित्वको दाबी गर्नु कानून सम्मत नभएको समेत स्पष्ट पार्नु भयो। उहाँले कराते महासंघ हालसम्म कोशी प्रदेशको खेलकुद संघ / संस्था मार्गदर्शन मातहत दर्ता समेत नभएको र विधानमा समेत जिल्ला संरचनाको अस्तित्व नभएको हुँदा आफैले जिल्ला संघको घोषणा गरेर चिठी लेख्दैमा खेलकुद बोर्ड र मातहतको जिल्ला खेलकुद विकास समितिले समेत मान्यता प्रदान नगर्ने जानकारी गराउनु भयो।

 

बस्नेतले खेलकुद क्षेत्रमा आराजकता मच्याउने खोज्नेहरुको कानुनी उपचारका लागि प्रदेशका मुख्यमन्त्री , सामाजिक विकास मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवसँग सल्लाह गरिरहेको बताउनु भयो। 

 

कराते प्रतियोगिताको उद्घाटन समारोहको कोशी प्रदेश सभा सदस्य भिम पराजुलीले आफूले महानगरको प्रमुख हुँदा पाँचौ साफ महिला फुटबल विराटनगरमा आयोजना गर्न सफल भएको स्मरण गर्दै प्रदेश खेलकुद महोत्सवलाई आफ्नो सम्पूर्ण सहयोगहुने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। पराजुलीले समाजमा देखा परेको नकारात्मकतालाई खेलकुदको माध्यमबाट परास्त गर्न सकिने धारणासमेत व्यक्त गर्नु भएको थियो। 

 

महोत्सव अन्तर्गतको कराते प्रतियोगिताको विभिन्न विधामा कोशी प्रदेशका १४ वटै जिल्लाका खेलाडीहरु सहभागिता रहेको छ। 

सम्बन्धित खवर

रंगेली नगरपालिकाको सडक कालोपत्रे कार्यको औपचारिक शुभारम्भ

मङ्गलबार १६ ब‌ैशाख, २०८२
२ घण्टा अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

शिक्षामन्त्रीलाई बधाई दिँदै सार्बजनिक लेखा समिति सभापति पोखरेलको ९ बुँदे सुभाव

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

रातिको समयमा रंगेली नगरपालिका–८ दर्बैसा नहरटोलमा भीषण आगलागी, दुई परिवारको घर पूर्ण रूपमा नष्ट

सोमबार १५ ब‌ैशाख, २०८२
२ दिन अघि

दोस्रो कोशी खुला गल्फ प्रतियोगिता : विराटनगरका गुप्ता नेट विजेता, ग्रसमा परियार विजयी

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि

कोशी प्रदेश स्तरीय तेक्वान्दो आत्मरक्षा तालिम सम्पन्न

शनिवार १३ ब‌ैशाख, २०८२
३ दिन अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net