मोरङ, धनपालथान–४ कर्सिया बजारमा सडकमा उड्ने धुलोका कारण सर्वसाधारणलाई गम्भीर समस्या परेपछि स्थानीयवासी आन्दोलित भएका छन्। सडक सुधार तथा धुलो नियन्त्रणको माग गर्दै उनीहरूले आज बिहानदेखि बाटो जाम गरेका छन्।
तीन घण्टा बितिसक्दा पनि कुनै पनि जनप्रतिनिधि वा सम्बन्धित निकायका अधिकारीहरू उपस्थित नभएको आन्दोलकारीहरूले बताएका छन्। उनीहरूको भनाइ छ कि जबसम्म प्रशासन वा जनप्रतिनिधिहरूले यस विषयमा सम्बोधन गर्दैनन्, तबसम्म आन्दोलन निरन्तर जारी रहनेछ।
स्थानीय बासिन्दाहरूले तत्काल प्रभावकारी उपाय अपनाउन आग्रह गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले सडकलाई व्यवस्थित पार्न र धुलो नियन्त्रण गर्न ठोस योजना आवश्यक रहेको बताएका छन्।
अहिलेसम्म प्रशासन वा स्थानीय सरकारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। स्थिति थप जटिल नहोस् भनेर सुरक्षाकर्मीहरू परिचालन गरिएका छन् भने आन्दोलनकारीहरू शान्तिपूर्ण विरोध जारी राखिरहे
का छन्।