बेलगाछीस्थित शिव आधारभूत विद्यालयको फेरियो मुहार, रोटरीले गर्यो यस्तो सहयोग

पूर्वीटाईम्स संवाददाता
शुक्रबार १४ चैत, २०८१
१ महिना अघि

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगर बेलगाछीस्थित शिव आधारभूत विद्यालयको मुहार फेरिएको छ । रोटरी लिट्रेसि मिसन को टिच मोडल अन्तर्गत विराटनगर १ स्थित सो विद्यालयको ग्लोबल ग्रान्ट नंः २४५३३५९ “द भिजनरी प्रोजेक्ट” मार्फत रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ह्याप्पी स्कूलमा रूपान्तरण गरिएको थियो।

यस परियोजनाका लागि क्लबको अन्तर्राष्ट्रिय साझेदार रोटरी क्लब अफ डोना पाउला ३१७० रहेको छ ।सो विद्यालयमा गरिएको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरि बिहीबार हस्तान्तरण गरिएको छ । विराटनगर महानगरपालिका की उपमेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विराटनगर महानगरपालिका शिक्षा महाशाखाका कृष्ण भट्टराई, रोटरी सहायक गभर्नर डा. बिजु थपलिया र अन्य विशिष्ट व्यत्तित्वहरूको उपस्थिति रहेको थियो ।

यस ग्लोबल ग्रान्ट परियोजना २०२३–२४ मा इमिडेट पास्ट प्रेसिडेन्ट कुसुम अग्रवालको कार्यकालमा सुरु गरिएको थियो । सोही परियोजना २०२५ मासम्पन्न भएको रोटरी क्लब आफ विराटनगर डाउनटाउनकी अध्यक्ष मञ्जु अग्रवालले जानकारी दिइन् । साथै, सो कार्यक्रम सम्पन्न गर्न क्लबका पूर्व अध्यक्षहरू रचना राठी र अर्चना तापडियाको पनि महत्वपूर्ण योगदान रहेको थियो ।

परियोजना अन्तर्गत सो विद्यालयमा ८ वटा नयाँ तथा पुरानो शौचालय निर्माण गरिएको छ । जसमध्ये ४ वटा शौचालय उपमेयर कार्की र वडा समितिको पहलमा विराटनगर महानगरपालिको सहयोगमा निर्माण गरिएको थियो ।

त्यसैगरी, स्वच्छ खानेपानीको लागि वाटर स्टेशन निर्माण, विद्यालयको कम्पाउण्ड वाल मर्म, बाहिरी पर्खाल तथा खेल क्षेत्रको रंगरोगन, मोन्टेसरी क्षेत्र, कार्यालय क्षेत्र, र भोजन क्षेत्रको विभिन्न संरचना निर्माण, बत्ती, पंखा तथा अन्य विद्युतीय कार्य, दुई कम्प्युटर सेटको स्थापना र अन्य आवश्यक मर्मत कार्य तथा नयाँ फर्निचरको व्यवस्थापन पनि गरिएको छ ।

विद्यार्थी, शिक्षक तथा समुदायलाई लक्षित गरी जागरूकता कार्यक्रम तथा सरसफाइ सामग्री वितरणसमेत गरिएको क्लबले जनाएको छ । यस परियोजनाबाट शिव आधारभूत विद्यालयका १५० विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदाय लाभान्वित भएका छन् ।कार्यक्रममा क्लबका पदाधिकारी र सदस्यहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net