भूमी आयोगको काम द्रुत गतिमा अगाडी बढ्दै, १४ वटा पालिकामा अभिमुखिकरण

पूर्वीटाईम्स संवाददाता
सोमबार १७ चैत, २०८१
४ हप्ता अघि

विराटनगर । भूमी समस्या समाधान आयोग मोरङका पदाधिकारीहरुले जिम्मेवारी सम्हालेसँगै काम द्रुत गतिमा अघि बढेको छ । आयोग मोरङका अध्यक्ष नविन पौडेल, सदस्यहरु विजय डाँगी र गणेश कुमार खड्का नियुक्त भएर आएसँगै काम तिब्र गतिमा अघि बढेको हो ।

यतिबेला आयोगले गर्ने काम, हालसम्म भएको प्रगति र अवस्थाको बारेमा भूमी समस्या समाधान आयोग मोरङले १७ वटै पालिकामा अभिमुखिकरण कार्यक्रम गरिरहेको छ । आइतबार आयोगले रंगेली नगरपालिकामा अभिमखिकरण गरेको छ ।

रंगेली नगरपालिकाका नगर प्रमुख दिलिप बगडीयाको प्रमुख आतिथ्यतामा भएको अभिमुखिकरण कार्यक्रममा उपप्रमुख भूमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, आयोगका सदस्य गणेश कुमार खड्का, रंगेलीका सवै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सचिवहरु, सवै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सो अबसरमा बोल्दै नगर प्रमुख बगडीयाले आयोगको काम गर्न सवै हिसाबले रंगेली नगरपालिका सहयोग गर्न प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले रंगेली नगरपालिकाले जनताको सो यो काम उच्च प्रथामिकतामा राखेको बताउँदै आयोगलाई रंगेली नगरपालिकाको पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा आयोगका अध्यक्ष पौडेलले हाल सवै पालिकामा आयोगले गर्ने कामका बारेमा अभिमुखिकरण गरिरहेको र हालसम्म १४ वटा पालिकामा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले चैत महिना भित्रमा सवै पालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेर दु्रत गतिमा काम अघि बढाउने बताउनुभयो । उहाँले अब जिल्ला स्तरीय भेला समेत गरिने बताउनुभयो ।

अध्यक्ष पौडेलले एक पटकका लागि नयाँ निवेदन पनि लिइने जानकारी दिनुभयो । उहाँले अब एक चरण सवै पालिकाको अवस्था वुझेर आयोगले जिल्ला भरी रणनीतिक रुपमा कामको योजना बनाउने समेत बताउनुभयो ।

उसो त यस अघिको आयोगले अव्यवस्थितहरुको लालपूर्जा बनाए पनि अत्याधिक राजश्व भएका कारण सम्वन्धीतले लिन अनिच्छा देखाएका छन् । सेवाग्राहीले राजश्व घटाउनुपर्छ भन्ने माग गर्दै आएका छन् । राजश्व नघटेसम्म लालपूर्जा लान नसक्ने उनीहरुले अडान लिँदै आएको बताइएको छ ।

छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net