रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग मनायो क्रिशमस डे

पूर्वीटाईम्स संवाददाता
मङ्गलबार १० पुस, २०८०
६ महिना अघि

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बालबालिकाहरुसँग क्रिशमस डे मनाएको छ । २५ डिसेम्बरमा प्रत्येक वर्ष मनाइने क्रिशमस डे यस वर्ष क्लबले बालबालिकाहरुसँग मनाएको हो ।

रोटरी क्लबले एडप्ट गरेको विराटनगरस्थित शिव आधारभूत विद्यालयका १५० विद्यार्थी र सिपि सेन्टरका बालबालिकाहरुसँग क्रिशमस डे मनाएको हो ।

सो अबसरमा केक काटिनुका साथै खाना र मनोरन्जनका साथै मुभि पनि देखाइएको थियो । कार्यक्रममा बालबालिकाहरुलाई चकलेट,खाजा, चप्पल, स्वीटर वितरण गरिनुका साथै उपहार समेत वितरण गरिएको रोटरी क्लब अफ विराटनगरकी प्रेसिडेन्ट कुसुम अग्रवालले जानकारी दिइन् ।

सन्तोष राठीको संयोजकत्वमा भएको कार्यक्रममा क्लबकी सेक्रेटरी संगीता सिंघानीयालगायतक क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।