ईश्वरलाल राजवंशी पक्राउको विरोधमा कांग्रेसद्वारा डाईनीयाँमा चक्काजाम, रिहा गर्न माग

विशाल कुमार मण्डल
शनिवार २१ असार, २०८२
११ घण्टा अघि

डाईनीयाँ । सुनवर्षी नगरपालिका–९ स्थित आदर्श माध्यामिक विद्यालयका प्रधानाध्यापक चित्र राजवंशीमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका ईश्वरलाल राजवंशीलाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले चक्काजाम गरेको छ । राजवंशीलाई पक्राउ गरेको विरुद्धमा डाईनीयाँ चोकमा नेपाली कांग्रेस सुनवर्षीले चक्काजाम गरेको हो ।

प्रधानाध्यापकमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका राजवंशी नेपाली कांग्रेस सुनवर्षी–९ का वडा सचिव हुन् । आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै कांग्रेसका नेता कार्यकर्ताहरुले डायनीयाँ चोकमा शनिबार आधा घण्टा चक्काजाम गरे । नेपाली कांग्रेस नेता कार्यकर्ताहरु सहभागी भएर गरिएको चक्काजामका कारण केहीबेर सडक अवरुद्ध समेत भएको थियो ।

उनीहरुले प्रधानाध्यापक चित्र राजवंशीविरुद्ध नाराबाजी समेत गरेका थिए । चक्काजामपछि गरिएको कोणसभालाई सम्बोधन गर्दै कोशी प्रदेश सदस्य अमरेन्द्र कुमार साहले आफुहरु बाध्य भएर चक्काजाम गर्नु परेको बताए । उनले प्रधानाध्यापक राजवंशीले भ्रष्टाचार गरेपनि स्थानीय सरकारले कारबाही नगरेको बताए । उनले कांग्रेस वडा सचिव ईश्वरलाल राजवंशीलाई षड्यन्त्रपूर्वक पक्राउ गरेको समेत आरोप लगाए ।

त्यस्तै, कोणसभामा नेपाली कांग्रेसका पूर्व महासमिति सदस्य मोहताव आलमले असार १५ गतेसम्म विद्यालयको जग्गा ठेक्का नलागेको थाहा पाएपछि आफुहरुले प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिलाई अग्रिम जानकारी दिएर डेलिकेसन गई ठेक्का लगाउन दवाव दिएको बताए । उनले विद्यालयको बेतिथी सुधार गर्न आफुहरुले भनेपनि उल्टै अभद्र मुद्धा दर्ता गरि इश्वरलाल राजवंशीलाई पक्राउ गरेको बताए । उनले निर्दोष रहेका वडा सचिव राजवंशीलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए । उनले भ्रष्टाचार गरेपनि सुनवर्षी नगरपालिकाले प्रधानाध्यापकलाई संरक्षण गरिरहेको आरोप समेत लगाए ।

कोणसभामा आलमले १५ गतेपछि विद्यालयमा डेलिगेशन गएको भनेपनि कांग्रेस र केही माआवादीका नेताहरु १३ गते विद्यालय पुगेको प्रधानाध्यापक राजवंशीले बताएका छन् । उनका अनुसार असार ९ गते विद्यालयले निर्णय गरि ठेक्काका लागि ११ गते सूचना प्रकाशित भएको थियो ।

उक्त ठेक्काको अवधी असार १८ गतेसम्म थियो । तर, ठेक्का खोलेको समय सकिनु ५ दिन अगाडीनै विद्यालय पुगेर ठेक्का नलागे ४०५ मन आफुले तिर्नुपर्ने भन्दै हुलहुज्जत गरि दुर्व्यवहार भएको प्रधानाध्यापक राजवंशीले आरोप लगाएका छन् । ‘भित्रि रुपमा ठेक्का नलगाओस भन्ने उहाँहरुको कुरा थियो ।’ उनले भने,‘ठेक्काको सूचनाको मिति सकिएर नलागेको भए एउटा कुरा होला । तर, ५ दिन अगाडीनै आएर विद्यालयमा हुलहुज्जत गर्दै ममाथि दुर्व्यवहार गर्नुका कारण के हो ? ठेक्का नलगाउनु भनेर होइन ? अहिले विद्यालयको फाइदा हुने गरी १४ सय २० मनमा ठेक्का लागेको छ । उहाँहरुको प्रयास असफल भयो । त्यसैले म विरुद्ध लागेका छन् ।’

प्रधानाध्यापक राजवंशीले पक्राउ परेका कांग्रेस वडा सचिव राजवंशी र अर्का माओवादी केन्द्रका स्थानीय नेता अजिमउद्दिनविरुद्ध विराटनगरस्थित सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् । सोही आधारमा राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानाध्यापक राजवंशीले विद्यालय हाताभित्र ‘स्टाफ रुम’ मै प्रवेश गरि आफ्नो मानमर्दन हुनेगरी धाकधम्कि, गालीगलौज र दुर्व्यवहार गरेकाले न्यायको याचना गरेको बताए ।

सम्बन्धित खवर

डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ

शनिवार २१ असार, २०८२
१६ घण्टा अघि

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा रोटरी ट्रेड फेयर २०२५

बिहिबार १९ असार, २०८२
३ दिन अघि

डायनीयाँस्थित आदर्श माविको जग्गा ठेक्का लगाउन नदिने विचौलियाको चलखेल समाप्तः १४२० मनमा लाग्यो ठेक्का

बुधबार १८ असार, २०८२
४ दिन अघि

रंगेलीमा महिलाहरुलाई स्वरोजगार बनाउन आधारभूत सिलाई/कटाई तालिम

मङ्गलबार १७ असार, २०८२
४ दिन अघि

शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा

शनिवार १४ असार, २०८२
१ हप्ता अघि

आमाको नामबाट नागरिकता पाउने बाटो खुल्यो, नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

शनिवार १४ असार, २०८२
१ हप्ता अघि
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
डाईनीयाँस्थित आदर्श माविका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको आरोपमा इश्वरलाल राजवंशी पक्राउ
शनिवार २१ असार, २०८२
शिक्षा सुधारमा सुनवर्षी नगरपालिकाले गरेको प्रयास सफलः एसईई परिक्षामा उत्कृष्ट नतिजा
शनिवार १४ असार, २०८२
सुनवर्षी नगरपालिकाले ल्यायो ६७ करोडको बजेटः पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
रंगेली नगरपालिकाले ल्यायो ९६ करोडको बजेटः बहुवर्षिय योजनालाई निरन्तरता, कृषि, शिक्षा र स्वास्थ्य प्रथामिकतामा
बुधबार ११ असार, २०८२
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net