विराटनगर । मोरङको रंगेलीमा समुदायमा ‘समुदायमा अदालत’ कार्यक्रम सम्पन्न कार्यक्रम सम्पन्न भएको छ । न्यायीक प्रकृयामा अदालतको भूमिका र न्यायीक प्रकृयामा नागरिकको पहुँच अभिवृद्धिका लागि ‘समुदायमा अदालत’ कार्यक्रम सम्पन्न भएको हो ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजन प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा न्यायिक प्रकृयामा नागरिकको पहुंच अभिवृद्धिका लागि सञ्चालन गरिएको थियो ।
कार्यक्रममा रंगेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदिप साह, न्यायधीश विमल सुवेदी, मता खनाल, विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि, मेलमिलापकर्ता तथा न्यायिक समितिका पदाधिकारीको सहभागीता रहेको रंगेली नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा समाजमा देखापरेका न्यायप्रतिको मुद्दा तथा समस्या र समाधानको उपायहरुका विषयमा छलफल गरिएको थियो । उच्च अदालत विराटनगरका न्यायाधीश ममता खनालले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एसएमएस सेवा, अनलाइन तारेख र बहस, अदालतबाट १ घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कान सहितको सेवा प्रवाह, मेलमिलाप प्रक्रिया, फरक मुद्दा ब्यबस्थापन प्रक्रिया, स्वचालित पेशी प्रणाली, गोला प्रथाबाट पेसी छनौटलगायतका विषयमा सहजीकररण गर्नुभयो ।
कार्यक्रमले अदालतप्रतिको सोच परिवर्तन गरेको र अब समुदायमा पनि सबै जनतालाई न्यायालयका विषयमा बुझाउन सजिलो हुने .वडा नम्बर ३ का वडा अध्यक्ष भरत प्रसाईँले बताउनुभयो ।
यो कार्यक्रमले जनता समक्ष अदालत आएको महसुस भएको र अझ समुदाय स्तरमै गएर यो कार्य कार्यक्रम गर्दा समुदायमा रहेको न्यायपालिका प्रतिको नकारात्मक दृष्टिकोण परिवर्तन हुन सक्ने प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताउनुभयो ।
अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्न र अदालत प्रतिको भ्रम निवारण गरी अदालत प्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यका साथ “समुदायमा अदालत” कार्यक्रम सञ्चालन गरिएको उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदीले बताउनुभयो ।
सो कार्यक्रम उपलब्धिमूलक भएको बताउँदै अब नयाँ समितिलाई न्याय सम्पादनको काम गर्न सहज हुने र न्यायीक समितिको अधिकारबाट भन्दा बाहिरको मुद्दाहरू अदालत पठाउने प्रक्रिया बुझिएको उपप्रमुख पराजुलीले बताउनुभयो ।
उहाँले निःशुल्क मुद्दाबारे जानकारी पाउँदा अब समुदायमा भएका विपन्न र न्यायको पहँच बाहिर रहेकाहरुलाई अदालतको लागि रिफर गर्न सक्ने भएको बताउनुभयो । उपप्रमुख पराजुलीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू लिएर आउने आशा राखेको बताउँदै कार्यक्रमका लागि उच्च अदालत विराटनगरको टिमलाई उपप्रमुख पराजुलीले धन्यवादसमेत दिनुभयो ।