आज नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवशीय क्रिकेट खेल्दै

पूर्वीटाईम्स संवाददाता
शुक्रबार २५ भदौ, २०७८
३ वर्ष अघि

काठमाठौं, २५ भदौ । कोरोना महामारीका कारण डेढ वर्षपछि शृंखला खेलेको नेपालले पपुवा न्युगिनीसँग दोस्रो एकदिवशीय क्रिकेट आज खेल्दैछ । नेपालले एकदिवशीय क्रिकेटमा पहिलोपल्ट दिन/रातमा खेल खेल्दैछ ।

पहिलो खेलमा दुई विकेटमो जित हासिल गरेको नेपाल आजको खेल पनि जितेर शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । यो खेल नेपाली समयअनुसार अपराह्न सवा ४ बजेदेखि सुरु हुनेछ ।

ट्वान्टी–२० विश्वकप र आईसीसी विश्व क्रिकेट लिग टूको तयारीमा रहेको पीएनजीले नेपाल र अमेरिकासँग २/२ खेलको शृंखला खेलेको हो । त्यसमध्येको अन्तिम खेल आज हुँदैछ ।

नेपालले पहिलो पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेको हो । अन्तिम पटक नेपालले ट्वान्टी–२० तर्फ सिंगापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेको थियो । तर एकदिवशीय क्रिकेटमा भने पहिलो पटक खेल्न लागेको हो ।

जुन नेपाली टिमका लागि नयाँ अनुभव हुनेछ । टिमका धेरै खेलाडीले डे नाइट खेलको अनुभव लिन पाएका छैनन् । त्रिकोणात्मक सिरिज हुने मैदानमा नै यो खेल हुनेछ ।

पछिल्लो पटक खुट्टाको चोटका कारण प्रशिक्षण नगरेका उपकप्तान दिपेन्द्रसिंह ऐरीले यो खेल गुमाउने पक्का छ । गुल्सन झा पनि खेल्ने निश्चित भएको छैन ।

ओमानको चर्को गर्मी, त्यसमा पनि दिउँसो हुने पहिलो खेल नेपाली खेलाडीका लागि अर्को चुनौती देखिएको छ । नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

नेपालले पीएनजीसँग अहिलेसम्म ५० ओभरको खेलमा पाँच पटक खेलेको छ । जसमा तीन खेल पीएनजीले जितेको छ भने दुई खेल नेपालको पक्षमा आएको छ । पहिलो पटक यी दुई टिम सन् २००५ मा विश्वकप छनोट अन्तर्गत खेलको थिए ।

नेता चौधरीले गरे केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा
शनिवार ११ मङ्सिर, २०७८
छठ मनाउन रंगेलीमा पाहुना आएका दुई युवकको बक्राहा खोलामा डुवेर मृत्यु
बुधबार २४ कार्तिक, २०७८
सभामुख सापकोटाविरुद्धको मुुद्दा हेर्न नमिल्नेमा
बुधबार १६ भदौ, २०७८
मोरङ को सुनवर्षी नगरपालिका वाड नं ३मा एमाले को प्यानल विजयी
आईतबार १ जेठ, २०७९
थप १,२६८ जनामा कोरोना संक्रमण, २,१९५ जना संक्रमणमुक्त
शनिवार १९ भदौ, २०७८
दाङमा स्वचालित पेस्तोलसहित युवक पक्राउ
शनिवार १९ भदौ, २०७८
पौढलाई साक्षर बनाउदै रोटरी क्लब अफ विराटनगर डाउन टाउन
मङ्गलबार २६ असोज, २०७८
‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने
बुधबार ३० भदौ, २०७८
नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन
बिहिबार ७ असोज, २०७८
नेपालका प्रशिक्षक भन्छन्- भारत विरुद्धको दुवै खेल जित्न चाहन्छौं
बुधबार १६ भदौ, २०७८
विराटनगरमा अनलाइन जुवा खेलाउने दाजुभाई पक्राउ
शनिवार २२ भदौ, २०८१
अन्तराष्ट्रिय युवा दिवसको अवसरमा डिएभी स्कूलमा वक्तृत्वकला प्रतियोगिता
बुधबार ३० साउन, २०८१
राष्ट्रिय युवा संघ रतुवामाईद्वारा बृक्षारोपण, यसरी रोपियो बिरुवा (फोटो फिचरसहित)
शनिवार २६ साउन, २०८१
रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार
बिहिबार ३ साउन, २०८१
डम्बर गिरीलाई तत्काल पक्राउ गरि कारबाही नगरे कडा संघर्षमा उत्रिने दलित संगठनहरुको चेतावनी
शुक्रबार ३० चैत, २०८०
रंगेलीमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न (फोटो फिचरसहित)
शुक्रबार ११ फाल्गुण, २०८०
रंगेलीमा यसरी मनाइयो भक्का दिवस, नगरपालिकाले गर्यो उद्यमी महिलाहरुलाई सम्मान (फोटो फिचरसहित)
आईतबार २९ पुस, २०८०
बभनाडोभ कृषि सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न, चार जना सम्मानित
शनिवार २८ पुस, २०८०
१२० विपन्न दलित परिवारलाई खाद्यान्न वितरण गरेर यश बगडीयाले मनाए जन्मदिन
मङ्गलबार २४ पुस, २०८०
पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए
मङ्गलबार १७ पुस, २०८०
© all rights reserved by: purbitimes.com | Designed By : indesignmedia.net